YouTube Link

कांग्रेसले १०० दिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने, विधान संशोधन मस्यौदा समिति बनाइने

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले १०० दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान  सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ । महामन्त्री गगन थापाका अनुसार सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग पनि गर्नेछ ।

 

पार्टी समिति र पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित तथा व्यवस्थित गर्ने लगायतका कार्य पनि यस अभियानका क्रममा हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका लागि सबै जिल्लामा यसअघि नै फारम पठाइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणका काम तीव्र रूपमा हुन सकेको छैन । अहिलेसम्म करिब २० प्रतिशत मात्रै काम भएको उनले गत आइतबारको केन्द्रीय समितिमा बताएका थिए ।

 

केन्द्रीय सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका अवस्थाबारे जानकारी लिइराख्नुपर्ने उनको भनाइ छ । क्रियाशील सदस्यता टुंगो लागेपछि मात्रै १५ औं महाधिवेशन प्रक्रिया सुरू हुने भएकोले यसलाई तीव्रताका साथ अघि बढाउनुपर्ने उनले बताएका छन् । कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला-जिल्ला तोकेर संगठन सुदृढीकरण अभियानमा खटाउने तयारी गरेको हो । कांग्रेसले आगामी आमचुनावहरू आफ्नै तागतमा एक्लै लड्ने नीतिसमेत केन्द्रीय समितिबाट अनुमोदन गरेको छ । त्यसका लागि बलियो संगठन बनाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ । २०७८ मा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ४६ हजार सात सय २९ जना क्रियाशील सदस्य थिए ।

 

कांग्रेसले पार्टी विधानमा समयानुकूल संशोधन र परिमार्जन आवश्यकता रहेको औंल्याउँदै विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय गरेको छ । गत फागुनको महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव र  पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउने लगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव संकलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न समिति बनाउने निर्णय केन्द्रीय समितिले गरेको हो ।

 

कांग्रेसको विधान, २०१७ को धारा २२ (७) बमोजिम विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय भएको छ । समितिका संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी सभापति शेरबहादुर देउवाले चयन गर्नेछन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...