Rajshow Bivag

फ्रान्सको शीर्ष डिभिजन लिगबाट खेल्दै साबित्रा भण्डारी ‘साम्बा’

Departmant of helth services

 

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टीमका फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् । साम्बा नामले एसियाली फुटबलमा परिचित साबित्रालाई फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो ।

 

क्लबले उनलाई सामाजिक सञ्जालमार्फत बिहीबार राती सार्वजनिक गरेको छ । युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने सावित्रा पहिलो खेलाडी हुन् । उनले यसअघि युरोपेली लिगको रुपमा इजरायलबाट ब्यवसायिक यात्रा सुरु गरेकी थिईन् । उनी इजरायलको क्लब हापोएल रानानासँग अनुबन्धित भएकी थिईन् । छोटो समयमै इजरायली क्लबमा उनले प्रभाव देखाएकी थिईन् ।

 

युद्धका कारण इजरायली फुटबल प्रभावित बनेपछि सावित्रा नेपाल फर्किएकी थिईन् । इजरायलको क्लब फुटबलमा सावित्राको प्रभाव देखेर फ्रान्सेली क्लबले उनलाई अनुबन्धन गर्न तयार भएको हो । उनको क्लब अन अभान्टले फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्ने गर्छ ।

 

क्लबले सावित्राको अनुबन्धन घोषणा गरेसँगै अब शनिबार हुने लिग खेलका लागि उनी छनोट हुने सम्भावना छ । अंक तालिकाको तल्लो भागमा रहेको ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ । ग्वेंगाम्प लिगको १२ खेलमा २ जित, २ बराबरी र ८ हारका साथ ८ अंक जोड्दै दशौं स्थानमा छ । बोर्डोको १२ खेलमा ५ अंक छ । १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ । फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ । ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...