YouTube Link

पहिलो सेमिफाइनलमा आज थ्रीस्टार र जावलाखेल भिड्दै

Facebook Link

 

पोखरा: पोखरामा जारी २३औं आहारारा पोखरा गोल्डकप अन्तर्गत पहिलो दिन आज थ्रीस्टार र जावलाखेल युथ क्लब भिड्दैछन् । खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ । विजेता टोलीले माघ २० गते उपाधिका लागि भिड्नेछ ।

 

आहारारा इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि २०६८ सालको क्वार्टरफाइनलमा दुवै टिम पहिलोपटक भेट भएका थिए । उक्त खेलमा जावलाखेलले थ्रीस्टारलाई ३-१ ले पराजित गरेको थियो । जावलाखेलले आहारारामा पहिलो पटक डेब्यू प्रतियोगितामै फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा मनाङमर्स्याङ्दीसँग २–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

 

त्यस्तै, २०६९ को ११औं संस्करणको सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक भिडेका थिए । उक्त खेल भने थ्रीस्टारले अघिल्लो संस्करणको हारको बदला लिँदै २-१ ले जावलाखेललाई पराजित गर्न सफल रह्यो । क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसी र जावलाखेलले मनाङमर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएका हुन् ।

 

थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जित्दा जावलाखेल भने उपाधिविहीन छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ । थ्रीस्टारको कप्तानी राष्ट्रिय टिमबाट खेलिसकेका योगेश गुरुङले सम्हाल्दैछन् । क्लबकै पूर्वकप्तान विक्रम लामाको प्रशिक्षणमा विराज महर्जन, आशिष चापागाईं, आदित्य शाक्य, दीपेश आले, अभिशेषक बराललगायत खेलाडी टिममा छन् ।

 

यता, जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । त्यस्तै, विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउलाले टिमविरुद्धको गोल रक्षा गरिरहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...