एनएसएलमा आज दुई खेलः पहिलो खेलमा बुटवल र वीरगञ्ज तथा दोस्रो खेलमा काठमाडौं र ललितपुरबीच कडा प्रतिष्पर्धा
वि.सं.२०८० पुस ७ शनिवार ०८:५९
1.7K
shares
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ । दुवै टोली प्रतियोगितामा जित निकाल्दै प्लेअफ प्रवेश गर्ने लक्ष्यमा हुनेछन् । आजै बेलुका ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुँदैछ ।
काठमाडौं रेजर्स ९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । ऊ ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ । १० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर पनि प्लेअफ प्रवेशका लागि जितको दबाबमा हुनेछ । तर अर्को खेलको नतिजा अनुकुल भएमा बराबरीको नतिजालेसमेत ललितपुरलाई प्लेअफको बाटो खुल्नेछ । यसअघि पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन् । आज दुई टोलीको टुंगो लागेसँगै क्वालिफायर खेल शुरु हुनेछ ।
वि.सं.२०८० पुस ७ शनिवार ०८:५९




















