नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजदेखि
वि.सं.२०८० पुस ७ शनिवार १०:१६
1.7K
shares
काठमाडौं: नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन राजधानीमा आजदेखि शुरु हुँदैछ । सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र छलफल गरी पारित हुने कांग्रेस बागमती प्रदेशले जनाएको छ । सम्मेलनमा ७८२ प्रदेश सम्मेलन प्रतिनिधि तथा प्रदेशभित्रका कांग्रेसबाट निर्वाचित संघीय सांसद, प्रदेशसभा सदस्य, प्रदेशभित्रका कांग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति सहभागी हुनेछन् ।
यस्तै महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा ११९ पालिकाका सभापति पनि सम्मेलनमा सहभागी हुनेछन् ।
वि.सं.२०८० पुस ७ शनिवार १०:१६




















