YouTube Link

पहिलो खेलमा स्पोर्टिङ इलाम र ललितपुर सीटी तथा दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सबीच प्रतिष्पर्धा

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछ । पोखरा थण्डर्स र ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा उक्लेन अवसर छ भने एनएसएलको नयाँ टोली  स्पोर्टिङ इलामले आफ्नो अन्तिम खेल खेल्दैछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा इलामले ललितपुर सिटीको सामना गर्नेछ । यस सिजन अपराजित दुईमध्ये एक ललितपुर ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । ललितपुरले २ जित हात पार्दा ४ बराबरी खेलेको थियो । आजको खेल जितेमा ललितपुर १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लने अवसर छ । ६ खेलबाट १२ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

 

उता ७ खेल खेलिसकेको इलाम ५ अंकसहित पुछारमा छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको इलामको लागि आज अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । इलामले अहिलेसम्म ७ खेल खेल्दा जम्मा १ खेल मात्र जितेको छ भने २ खेल बराबरी गरेको थियो । ४ खेलमा इलाम पराजित भएको थियो ।

 

यस्तै दशरथ रंगशालमै साँझ ५ बजे बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सबीच खेल हुनेछ । पोखरा ६ खेलबाट ३ जित २ बराबरी र १ हारको नतिजासहित ११ अंक जोडेर दोस्रो स्थानमा छ । पोखरासामु आजको खेल जित्दै शीर्ष स्थानमा उक्लेर प्लेअफमा स्थान सुरक्षित गर्ने अवसर छ । पहिलो खेलको नतिजा जे भएपनि बुटवललाई हराएमा पोखरा शीर्ष स्थानमा उक्लनेछ ।

 

उता बुटवल लुम्बिनीलाई पनि शीर्ष चारको दाबेदारी कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ । बुटवलको ६ खेलबाट ७ अंक छ र छैटौं स्थानमा छ । आजको खेलमा पराजित भएमा बुटवलको शीर्ष चारको सम्भावना लगभग सकिनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...