YouTube Link

चितवनमा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै

Facebook Link

 

काठमाडौं: आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनका लागि चितवनमा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो ।

 

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहमा आगामी पुस १० देखि १४ गतेसम्म महोत्सवका हुने भएको हो । सो महोत्सवको भव्य तयारी हुँदै गरेको होटल एसोसियशन नेपाल (हान) का महासचिव साजन शाक्यले जानकारी दिए । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यामबाट पर्यटक आकर्षित गराउँदै यस क्षेत्रलाई महत्वपूर्ण पर्यटन गन्तव्य स्थलका रुपमा  चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको महासचिव शाक्यले बताए ।

 

कोरोना भाइरस महामारी अघि नियमित गर्दै आएको उक्त महोत्सवका कोभिडकालमा तीन वर्ष बन्द भएको थियो । मुलुकको स्वास्थ्य स्थिति सामान्य अवस्थामा फर्किएको तीन वर्षपछि महोत्सवको पूनः सूचारु गरिएको  होटल एसोसियशन नेपाल (हान) अध्यक्ष विनायक शाहले बताए । अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन विकासलाई पहिचान दिएको चितवन हात्ती तथा पर्यटन महोत्वसको पुनः नियमित गर्नका लागि सबै निकायको सहयोग आवश्यक रहेको अध्यक्ष शाहको अपेक्षा छ । हात्तीविना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने भन्दै उनले यस पटकको महोत्सवमा हात्ती श्रृङगार प्रतियोगिता, हात्ती बनभोज लगायतका आकर्षण रहेको बताए ।

 

पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले विश्व सम्पदा सूचीमा सुचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताए । श्रेष्ठले पर्या-पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए  ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा हुने उक्त महोत्सवमा दैनिक २० हजार पर्यटकको आगमन हुने आयोजकको अपेक्षा रहेको छ । महोत्सवका लागि कम्तीमा एक करोड आठ लाख रकम खर्च हुने आयोजकले जानकारी दिएको छ ।

 

चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह-आयोजनामा महोत्सव हुने भएको हो ।

पूरा भिडियो पत्रकार सम्मेलनको….

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...