नेकपा एमालेले विशेष बैठक बोलायो
वि.सं.२०८० मंसिर १ शुक्रवार ११:१०
काठमाडौं: पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेले विशेष बैठक बोलाएको छ । बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको बताइएको छ ।
समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न विशेष बैठक बोलाएको एमालेले जानकारी दिएको छ । बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ । एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ ।
वि.सं.२०८० मंसिर १ शुक्रवार ११:१०