तेस्रो उपत्यकाव्यापी गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता-२०८० हुँदै

 

काठमाडौं: कृष्ण जन्माष्टमीको अवसर पारेर ‘तेस्रो उपत्यकाव्यापी गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’ आयोजना गरिने भएको छ ।

 

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि गोल्डेन पिक हाई स्कुलले प्रतियोगिताको जानकारी दिएको हो । नेपाली कला संस्कृतिलाई मौलिक रुपमा राख्न र आगामी पुस्ताहरुलाई आफ्नो कला संस्कृतिको जगेर्ना गर्नका साथै उक्त पर्व तथा संस्कृतिका नाममा भएका विकृतिहरु, कुरीति र कुसंस्कारलाई निर्मुल पार्नको लागि पनि यो कार्यक्रमको आयोजना गरिएको विद्यालयकले जानकारी गराएको छ ।

 

नेपाली मौलिक पर्वहरुको साँस्कृतिक महत्वको अवगत गराउन र बालिकाहरुमा भएको प्रतिभा प्रष्फुटन गर्न यस्ता खालका कार्यक्रमले ठूलो सहयोग मिल्ने विद्यालयको विश्वास छ । तीज पर्व आम नेपाली महिलाको मात्र नभई आम नेपालीहरुले देश विदेशमा पारिवारिक पुनर्मिलन र आपसी भेटघाट गरी नृत्य गरेर मनाउने परम्परा रहि आएको छ ।

 

 

शारीरिक मात्र नभै मानसिक  स्वास्थ्यको हिसाबले पनि यो महत्वपूर्ण विधाको रुपमा मौलाउदै गएको र सामुहिक भावना जागृत गर्न, आफ्नो मौलिक लोक भाकाको बारेमा जानकारी दिन तीजको महत्व बुझाउन यस्ता खालको कार्यक्रमहरुले ठूलो मद्दत पुर्याउने आयोजक विद्यालयको भनाई छ ।

 

नेपाली कला, संस्कृति, भाषा हाम्रा वैभ हुन् । यिनलाई विस्तार र विकास गर्न सकेको योगदान दिनु हामी सबैको कर्तव्य हो । यही भावलाई शिरोपर गर्दै तेस्रो उपत्यका व्यापी गोल्डेन पिक तीज नृत्य प्रतियोगिता आयोजना गरिएको विद्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । करिव ५ सय सहभागी हुने प्रतियोगिता भाद्र २० गते नाचघर जमलमा आयोजना हुनेछ ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...