YouTube Link

तेस्रो उपत्यकाव्यापी गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता-२०८० हुँदै

Facebook Link

काठमाडौं: कृष्ण जन्माष्टमीको अवसर पारेर ‘तेस्रो उपत्यकाव्यापी गोल्डेन पिक अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता’ आयोजना गरिने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि गोल्डेन पिक हाई स्कुलले प्रतियोगिताको जानकारी दिएको हो । नेपाली कला संस्कृतिलाई मौलिक रुपमा राख्न र आगामी पुस्ताहरुलाई आफ्नो कला संस्कृतिको जगेर्ना गर्नका साथै उक्त पर्व तथा संस्कृतिका नाममा भएका विकृतिहरु, कुरीति र कुसंस्कारलाई निर्मुल पार्नको लागि पनि यो कार्यक्रमको आयोजना गरिएको विद्यालयकले जानकारी गराएको छ ।

नेपाली मौलिक पर्वहरुको साँस्कृतिक महत्वको अवगत गराउन र बालिकाहरुमा भएको प्रतिभा प्रष्फुटन गर्न यस्ता खालका कार्यक्रमले ठूलो सहयोग मिल्ने विद्यालयको विश्वास छ । तीज पर्व आम नेपाली महिलाको मात्र नभई आम नेपालीहरुले देश विदेशमा पारिवारिक पुनर्मिलन र आपसी भेटघाट गरी नृत्य गरेर मनाउने परम्परा रहि आएको छ ।

शारीरिक मात्र नभै मानसिक  स्वास्थ्यको हिसाबले पनि यो महत्वपूर्ण विधाको रुपमा मौलाउदै गएको र सामुहिक भावना जागृत गर्न, आफ्नो मौलिक लोक भाकाको बारेमा जानकारी दिन तीजको महत्व बुझाउन यस्ता खालको कार्यक्रमहरुले ठूलो मद्दत पुर्याउने आयोजक विद्यालयको भनाई छ ।

नेपाली कला, संस्कृति, भाषा हाम्रा वैभ हुन् । यिनलाई विस्तार र विकास गर्न सकेको योगदान दिनु हामी सबैको कर्तव्य हो । यही भावलाई शिरोपर गर्दै तेस्रो उपत्यका व्यापी गोल्डेन पिक तीज नृत्य प्रतियोगिता आयोजना गरिएको विद्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । करिव ५ सय सहभागी हुने प्रतियोगिता भाद्र २० गते नाचघर जमलमा आयोजना हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...