YouTube Link

ब्राजिलियन स्टार नेयमार साउदी क्लब अल हिलालमा

Facebook Link

एजेन्सीः ब्राजिलियन स्टार नेयमार साउदी प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन् ।  फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेयमारले स्वीकार गरेका हुन् ।

अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् । त्यस्तै अल हिलालले नेयमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । उनले पिएसजीमा बार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक लिने गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार नेयमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ । अल हिलालले नेयमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।

सन् २०१७ मा २२० मिलियन युरोमा पिएसजी गएका नेयमार शुरु देखि नै पोएसजीमा असहज महसुस गरेका थिए । नेयमार लगातारको इन्जुरीका कारण पनि पिएसजीमा पुरा समय खेल्न सकेका थिएनन् । पिएसजीमा ६ सिजनमा नेयमार कुनै पनि सिजन पुरा खेल खेल्न सकेका थिएनन् ।

नेयमारले पिएसजीमा अहिलेसम्म १ सय ७३ खेलमा १ सय १८ गोल गरेका छन् । जसमा ३ लिग वान, ३ फ्रेन्च सुपर कप, ३ कोपा डे फ्रान्स, २ फ्रान्स लिग कप जितेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...