YouTube Link

प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत पुरुष तर्फको उपाधिका लागि हेल्प नेपाल र नेपाल पुलिसबीच भिडन्त

Facebook Link

 

काठमाडौं: सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको पुरुषतर्फ फाइनलमा टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

 

यी दुईबीचको उपाधि भिडन्त दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा सुरु हुनेछ ।

 

हेल्प नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । हेल्प नेपालले ६ खेलमा १६ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । उता पुलिस ६ खेलमा ५ मा जित र १ मा हारसहित १५ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।

 

पाकिस्तानका कप्तान तथा स्पाइकर अ‍ैमल खान, माजहर अली र सेटर आदनान रहेको हेल्प नेपाल अपराजित रहँदै उपाधि जित्न चाहन्छ । माजहर र अ‍ैमल दुबैको शक्तिशाली प्रहार सामना गर्न पुलिसलाई सहज भने हुने छैन ।

 

तर उत्कृष्ट लयमा रहेका विशाल विक, रविन चन्द र सफल विकको जोडी हेल्प नेपाललाई स्तब्ध पार्न चाहन्छ । विशाल उच्च लयमा छन् । आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्न उनी नायक बनेका थिए । अनुभवी खेलाडी कुल बहादुर थापा पनि राम्रो लयमा छन् ।

 

समूह चरणमा हेल्प नेपालले पुलिसलाई ३-२ को सेटमा पराजित गरेको थियो । उक्त खेलमा हेल्प नेपाल २५-२०, २०-२५, ३०-२८, २५-१८ र २४-२२ ले जितेको थियो ।

 

विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...