YouTube Link

प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत महिला तर्फको उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनलमा आज नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

 

यी दुईबीचको खेल दिउँसो १२ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा हुनेछ । नेपाल पुलिस अपराजित रहँदै ५ खेलमा १५ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । एपिएफ ५ खेलमा ४ मा जित र १ मा हार सहित ११ अंकका साथ दोस्रो स्थानमा फाइनल खेलेको हो ।

 

नेपाल पुलिस क्लबले लिगमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले प्रतियोगिता कुनैपनि सेट हारेको छैन । एपिएफ, न्यू डायमण्ड, एभरेष्ट र गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो । एपिएफले पुलिस बाहेक अन्य सबै टोलीलाई हराएको थियो ।

 

पुलिसमा युवा स्पाइकर उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, क्विक स्पाइकर कोपिना राना लगायतका खेलाडी छन् । उषा र कामनाको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

 

उता एपीएफमा स्पाइकर सरस्वती चौधरी र निरुता ठंगुन्नाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । चोटका कारण सरस्वती पूर्ण रुपमा खुलेर खेल्न सकेकी छैनिन् । उनी अनुभवी खेलाडी हुँदा सरस्वतीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । त्यस्तै राष्ट्रिय टोलीका दुई सदस्य कविता भट्ट र पुष्पा चौधरीबाट एपिएफ फाइनल खेलमा उच्च प्रदर्शन चाहन्छ ।

 

विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...