वेस्टइन्डिजविरुद्ध नेपालको उत्कृष्ट बलिङ, सन्दीपले लिए तेस्रो विकेट
वि.सं.२०८० असार ७ बिहीवार १४:०२
3.3K
shares
काठमाडौं: नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध तीन विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिन सफल भएका हुन् ।
नेपालका लागि तीव्र गतिका बलर करण केसी र गुलशन झाले एक-एक विकेट लिन सफल भएका छन् ।
नेपाल पहिलो पटक वेस्टइन्डिजसँग खेल्दैछ । नेपालले खेल्ने यो सवैभन्दा माथिल्लो स्तरको टोली हो । वेस्टइन्डिजले समान दुई पटक टि-२० र एकदिवसीय विश्वकप उपाधि जितिसकेको छ ।
वि.सं.२०८० असार ७ बिहीवार १४:०२



















