YouTube Link

क्रोएसियालाई हराउँदै स्पेन बन्यो नेसन्स लिग च्याम्पियन

World Cup 2026
Facebook Link

 

एजेन्सी: अघिल्लो संस्करणको उपविजेता स्पेन युइएफए नेसन्स लिगको उपाधि जितेको छ । क्रोएसियालाई सडनडेथमा ५-४ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

 

निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट जाँदा स्पेनले बाजी मार्न सफल भयो । टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्को एसेन्सियोले गोल गर्दा एमेरिक लापोर्टालेको प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।

 

क्रोएसियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्न सफल हुँदा लोभ्रो माजेरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले बचाए । त्यसपछि सडन डेथमा क्रोएसियाका ब्रुनो पेटकोभिचको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउँदा स्पेनका ड्यानिल कार्भाजलले गोल गदै टोलीलाई च्याम्पियन बनाए ।

 

स्पेन विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि फ्रान्सले विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जितिसकेको छ ।

 

स्पेनले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको हो । स्पेनले सन् २०१२ मा युरो कपको उपाधि जितेयता कुनै उपाधि जित्न सकेको थिएन । स्पेनले सन् २०१२ मा युरोकपसँगै २०१० मा फिफा विश्वकप र २००८ मा युरोकप गरी उपाधिमा ह्याट्रिक गरेको थियो ।

 

स्पेनसँगको हारसँगै क्रोएसिया पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बञ्चित बन्यो । सन् २०१८ मा विश्व उपविजेता बनेको क्रोएसिया २०२२ को विश्वकपमा तेस्रो भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...