YouTube Link

साफका लागि नेपालको प्रारम्भिक टोली छानिए, को-को परे टिममा ?

Facebook Link

 

काठमाडौं: भारतमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीमा पहिलो चरणका लागि ३० खेलाडी छानिएका छन् । प्रतियोगिताका लागि सुरुआतमा ३० खेलाडी चुनिएका हुन् ।

 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एन्सेले शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलमा खेलाडीले गरेको प्रदर्शनको आधारमा खेलाडीलाई राष्ट्रिय टिमको अन्तिम ३० भित्र राखेका छन् ।

 

जारी ए डिभिजन लिगकै विश्रामको दिन पारेर मुख्य प्रशिक्षक एन्सेले रणनीतिक प्रशिक्षण दिदै आएका छन् । साफ च्याम्पियनसिपका लागि भनेर उनले नियमित प्रशिक्षण समेत गराउन पाएका छन् ।

 

आउँदो २७ जेठभित्र लिग सक्ने एन्फाको तयारी छ । त्यसको करिब १० दिनभित्र साफ सुरु हुन्छ । नेपाल यो संस्करणको साफमा बलियो समूमा परेको छ । नेपाल यसपटक भारत, कुवेत र पाकिस्तानसँग समूह समूह ‘ए’ मा रहेको छ । अघिल्लो संस्करणमा नेपालले भारतविरुद्धको फाइनल पराजित भएको थियो ।

 

अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दक्षिण एसिया बाहिरका लेबनान र कुवेत पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिदैछ ।

 

प्रारम्भिक नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ (पन्जाब एफसी), दीप कार्की (मनाङ), विशाल श्रेष्ठ (मछिन्द्र)

 

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी), सनिश श्रेष्ठ (एपिएफ), अनन्त तामाङ (चर्च ब्वाइज), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा), आशिष गुरुङ (मनाङ), विक्रम लामा (थ्री स्टार), रोहित चन्द (प्रेसिक केडिर), सिमान्त थापा (जावलाखेल), अन्जल महर्जन (फ्रेन्ड्स)

 

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज) , नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), सुदीप गुरुङ (सातदोबाटो), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ), विशाल तामाङ (जावलाखेल)

 

फरवार्डः आषुश घलान (संकटा), नवयुथ श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशिष चौधरी (चर्च ब्वाइज), विमल घर्ती मगर (मछिन्द्र), जिलेस्पीजंग कार्की (आर्मी), दीनेश हेन्जन (आर्मी)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...