YouTube Link

रेशम चौधरीलाई आममाफी बिरुद्ध परेको रिटको सुवाई आज

Facebook Link

काठमाडौं: टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुँदैछ ।

सरकारले गणतन्त्र दिवसका अवसरमा चौधरीको १५ वर्ष कैद सजाय मिनाहा गरेको थियो । सरकारको निर्णय बमोजिम चौधरी डिल्लीबजार कारागारबाट सोमबार मुक्त भइसकेका छन् ।

चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दर्ता भएको हो । रिट निवेदनमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

टीकापुर घटनाबाट पीडित शारदा कठायत बोहोरा लगायतले चौधरीको सजाय माफी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन् । कठायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन् ।

जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय ठेकिएका चौधरी डिल्लीबजार कारागारमा थुनामा थिए । सरकारले सजाय मिनाहा नगरेको भए अदालतको फैसला अनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर सरकारले ‘राजनीतिक सौदाबाजी’मा चौधरीको बाँकी सजाय मिनाहा निर्णय गरेको हो ।

२०७२ साल भदौ २७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । सोही अपराधमा चौधरीलाई अदालतबाट जेल सजाय सुनाइएको थियो ।

टीकापुर घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरू बलराम विष्ट र केशव बोहरा, हबल्दार श्यामबहादुर खड्का, पहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद, सहायक हबल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...