सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै
वि.सं.२०८० जेठ ७ आइतवार ०८:००
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत लिगको सातौं चरण अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
एपीएफ आज सातौं जितको योजनामा हुनेछ । एपीएफ १९ खेलमा २२ अंक जोडेर दशौं स्थानमा रहेको छ । मनाङ छैटौं जितको खोजीमा हुनेछ । मनाङ १९ खेलमा २३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । जावलाखेल दशौँ जितको योजनामा छ । जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । संकटा छैटौं जितको योजनामा रहेको छ । संकटा १९ खेलमा २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । एनआरटी आज छैटौं जितको खोजीमा हुनेछ । एनआरटी १९ खेलमा २३ अंक जोडेर नवौं स्थानमा रहेको छ । मछिन्द्र नवौं जित निकाल्न चाहन्छ । मछिन्द्र १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछ ।
यस पटकको लिगमा कुल १८२ खेलहरु हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
वि.सं.२०८० जेठ ७ आइतवार ०८:००