आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै
वि.सं.२०८० जेठ ७ आइतवार ०८:२४
1.8K
shares
काठमाडौं: सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आजदेखि छलफल हुँदैछ । बिहान ११ बजे शुरु हुने प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुनेछ ।
कार्यक्रममाथिको छलफलमा भाग लिन दलीय प्रतिनिधित्वका आधारमा अग्रिम सूचना दिनुपर्ने सभामुख देवराज घिमिरेले जनााएका छन् ।
शुक्रबारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि जेठ ११ गतेसम्म छलफल चल्नेछ ।
वि.सं.२०८० जेठ ७ आइतवार ०८:२४



















