थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र लाओस भिड्ने
वि.सं.२०७९ चैत १७ शुक्रवार ०६:२०
2K
shares
काठमाडौं: प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजक नेपाल र लाओसबीच प्रतिष्पर्धा हुँदैछ । फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । नेपाल त्यहिँ नतिजालाई कायम राख्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
वि.सं.२०७९ चैत १७ शुक्रवार ०६:२०



















