YouTube Link

युभेन्ट्सले जित निकाल्दा आर्सनल भने बराबरीमा रोकियो

World Cup 2026
Facebook Link

 

एजेन्सी: युइएफए युरोपा लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले जित निकाल्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ ।

 

युभेन्ट्सले घरेलु मैदानमा जर्मन क्लब फ्रेइवर्गमाथि १–० को जित निकालेको हो । युभेन्ट्सको जितमा एन्जल डि मारियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

 

बिहीबार राति भएको खेलमा डि मारियाले ५३औं मिनेटमा फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा लुकास होलेरले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा फ्रेइवर्ग बराबरीमाबाट चुक्यो ।

 

जितसँगै युभेन्ट्सको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स क्वाटरफाइनलमा पुग्नेछ । फ्रेइवर्गलाई जित आवश्यक हुनेछ । दोस्रो लेग फ्रेइवर्गको मैदानमा १६ मार्चमा हुनेछ ।

 

यसैबीच गएराती भएको अर्को खेलमा इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

 

 

लिस्वोआमा गएराति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट आर्सनलले अग्रता लिएको थियो । ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

 

खेलको ५५औं मिनेटमा पौलिन्होले गोल गरेपछि स्पोर्टिङले खेलमा २–१ को अग्रता लिन सफल भयो । तर, ६२औं मिनेटमा हिडेमासा मारिताले आत्मघाती गोल गरेपछि आर्सनल हारबाट जोगियो ।

 

बराबरीसँगै दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लेगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ । दोस्रो लेग १६ मार्चको राति आर्सनलको मैदानमा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...