‘ए’ डिभिजन लिग: आजबाट तेस्रो चरणको खेलहरु हुँदै
वि.सं.२०७९ फागुन २६ शुक्रवार ०७:५०
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट तेस्रो चरणको खेलहरु सुरु हुँदैछन् ।
लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछ । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । नवप्रवेशी क्लब खुमलटार दोस्रो जितको खोजीमा हुनेछ भने थ्री स्टार पहिलो जितको खोजीमा हुनेछ ।
यस्तै दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
हिमालयनले आज दोस्रो जित निकाल्ने योजनामा हुनेछ भने नवप्रवेशी क्लब चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछ ।
यस पटकको लिगमा कुल १८२ खेलहरु हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
वि.सं.२०७९ फागुन २६ शुक्रवार ०७:५०