न्युजिल्याण्डविरुद्ध भारतको अन्तर्राष्ट्रिय रोमाञ्चक जित
वि.सं.२०७९ माघ १६ सोमवार ०७:४९
1.7K
shares
एजेन्सीः घरेलु टोली भारतले न्युजिल्याण्डविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रियमा रोमाञ्चक जित हात पारेको छ ।
लखनउमा भएको दोस्रो टी-ट्वान्टी खेलमा ६ विकेटको जित हात पारेको घरेलु टोलीले तीन खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ ।
एक सय रनको लक्ष्य पछ्याएको भारत एक बल मात्र बाकी रहॅंदा पूरा गर्यो । न्युजिल्याण्ड दिएको एक सय रनको लक्ष्य घरेलु टोलीले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि सुर्यकुमार यादवले अविजित २६ रन बनाउँदा इशान किसनले १९ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले अविजित १५ रन बनाउँदा राहुल त्रिपाटीले १३ रन बनाए ।
शुभमन गिलले ११ रन बनाउँदा वासिङ्टन सुन्दरले १० रन बनाए । पाहुना टोलीका लागि माईकल ब्राकवेल र ईस सोधीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो । पाहुना टोलीका लागि कप्तान मिचेल स्यान्टेनरले अविजित १९ रन बनाउँदा मार्क च्याम्पम्यान र माईकल ब्राकवेलले समान १४/१४ रन बनाए । डेभोन कन्वे र फिना एलेन समान ११/११ रनमा आउट भए ।
घरेलु टोलीका लागि अर्शदिप सिंहले २ तथा हार्दिक पाण्ड्या, दिपक होडा,युजभेन्द्र चहल वासिङ्टन सुन्दर र कुलदिप यादवले समान १/१ विकेट लिए । तीन खेलको टी-ट्वान्टी सिरिजमा तेस्रो खेल आगामी बुधबार रहेको छ ।
वि.सं.२०७९ माघ १६ सोमवार ०७:४९



















