लिभरपुल एफए कपबाट चौथो चरणबाटै बाहिरियो
वि.सं.२०७९ माघ १६ सोमवार ०७:२९
1.5K
shares
एजेन्सी: लिभरपुल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित हुँदै एफए कपको चौथो चरणबाटै हार बेहोर्दै बाहिरिएको छ ।
अतिरिक्त समयमा जापानी मिडफिल्डर काओरु मिटोमाले उत्कृष्ट गोल गरेपछि लिभरपुलको उपाधि जोगाउने लक्ष्य पूरा हुन सकेन ।
खेलको ३०औं मिनेटमा हार्भे एलिओटको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।
तर लिभरपुलले त्यो अग्रतालाई लिभरपुलले बचाउन सकेन । ३९औं मिनेटमा लेविस डंकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर काओरु मिटोमाले गोल गर्दै लिभरपुललाई २–१ ले स्तब्ध पार्दै टोलीलाई एफए कपको पाँचौ राउन्डमा प्रवेश गराए ।
काओरु मिटोमाले पेर्भिसको पासमा सानदार गोल गर्न सफल भएका थिए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डरहरुको अगाडी सुन्दर बल नियन्त्रणको नमुना प्रस्तुत गर्दै उनले गरेको फिनिस जितका लागि पर्याप्त रहयो ।
वि.सं.२०७९ माघ १६ सोमवार ०७:२९




















