Texas College
YouTube Link

क्यानले सन्दीपलाई कप्तानमा फर्काउनुपर्छ: सरोजकृष्ण घिमिरे

Facebook Link

 

काठमाडौं: बलात्कार अभियोगमा उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन् ।

 

उनको रिहाइका लागि अहिले उच्च अदालत पाटनले दिएको आदेशको फाइल जिल्ला अदालत काठमाडौंमा पुगिसकेको छ ।

 

अब जिल्ला अदालतले उच्चको आदेशसहितको फाइल केन्द्रीय कारागारमा पठाउने छ । त्यसपछि स्वास्थ्य जाँच गरेर सन्दीपलाई रिहा गरिनेछ ।

 

उनका वकिल सरोजकृष्ण घिमिरेले कारागारबाट स्वास्थ्य जाँच सकिएपछि जिल्ला अदालतमा तारेख लिन जानुपर्ने बताएका छन् । ‘उच्च अदालतबाट आदेशको फाइल जिल्ला अदालतमा गइसकेको छ । जिल्ला अदालतले अब त्यो फाइल यहाँ (कारागार) पठाउँछ,’ उनले भने, ‘त्यसपछि उनको स्वास्थ्य चेकजाँच गरेर फेरि तारिख लिनुपर्छ । जिल्ला अदालतबाट तारेख लिनुपर्छ अनि मात्रै छाडिन्छ ।’

 

अधिवक्ता घिमिरेले जेलबाट रिहा भएसँगै सन्दीपलाई क्रिकेटमा फर्किन कुनै समस्या नहुने बताएका छन् । ‘एन्जाइटी र डिप्रेशनको पार्टमा उनलाई काउन्सिलिङ जरुरी छ । तर समग्र स्वास्थ्य त राम्रो छ’, उनले भने, ‘खेलको विषयमा अदातलको आदेश चाहिँदैन ।’

 

घिमिरेले अदालतको आदेशसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कप्तानको भूमिकामा फर्काउनुपर्ने बताएका छन् । ‘क्यानले अब उनलाई क्याप्टेनमा फर्काउनुपर्छ’, उनले भने, ‘अहिले नेपाली क्रिकेटको अवस्था हेर्नुस् त, डिभिजन नै घटुवा हुने अवस्था आइसकेको छ’, उनले भने, ‘क्यानले यदि गम्भीरतापूर्वक लिन्छ भने सन्दीपलाई कप्तानमा फर्काउनुपर्छ ।’

 

घिमिरेले सन्दीपको रिहाइका लागि उनका आफन्तले अहिले २० लाख धरौटी जुटाइरहेको बताए । उनले आजै सन्दीपलाई कारागरमा भेटेको पनि बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...