साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दै
वि.सं.२०७९ भदौ २९ बुधवार १४:५२
काठमाडौं: श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।
भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ ।
तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियो ।
नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ ।
भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
वि.सं.२०७९ भदौ २९ बुधवार १४:५२