के-के छ त आज बस्ने एन्फा कार्यसमिति बैठकको एजेन्डा ?
वि.सं.२०७९ साउन २६ बिहीवार ०८:३३
काठमाडौं: सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज १० बजेबाट बस्दैछ ।
यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक स्साकस्सीपछि एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
पुरानै एजेन्डालाई अघि सार्दै अध्यक्ष पंकजबिक्रम नेम्वाङले पुन: बैठक बोलाएका हुन् । आजको बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुनेछ ।
एन्फाका केन्द्रिय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो ।
थप गरिएको एजेन्डा पुरस्कार राशि, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा दिवसमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धि एजेन्डा रहेको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार ०८:३३