नेपालले आज दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
वि.सं.२०७९ साउन ११ बुधवार १३:०३
4.3K
shares
काठमाडौं: साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपालले आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने रणनीति सहित मैदानमा उत्रनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।
श्रीलंका पनि नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
वि.सं.२०७९ साउन ११ बुधवार १३:०३




















