YouTube Link

नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले गरे चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Facebook Link

 

काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ८ करोडभन्दा बढी खुद नाफा गरेको छ ।

 

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष १४.८३ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ५५ करोडभन्दा बढी मात्र थियो ।

 

गत वर्ष बैंकको सञ्चालन नाफा भने ३१.४१ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ५ अर्ब १९ करोड ९५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ६ अर्ब ७ करोड २७ लाखभन्दा बढी यो नाफा गरेको हो ।

 

गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ३ करोड ८३ लाखभन्दा बढी रहेको छ । १२.६१ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी १८ अर्ब ३० करोड ७५ लाख कायम गरेको बैंकको रिटेन्ड अर्निगमा १ अर्ब २८ करोड ८३ लाखभन्दा बढी रहेको छ ।

 

अघिल्लो वर्षको तुलनामा भने रिटेन्ड अर्निग २९.८५ प्रतिशत कम भएको हो । जगेडा कोष रकम भने करिब ४ प्रतिशत बढेर १४ अर्ब ६७ करोड ८० लाख कायम भएको छ ।

 

गत वर्ष बैंकले १ खर्ब ८४ अर्ब ७९ करोड १० लाख निक्षेप संकलन गरेको छ भने १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख कर्जा प्रवाह गरेको छ ।

 

अघिल्लो वर्षभन्दा निक्षेप संकलन ५.८६ प्रतिशत र कर्जा प्रवाह ०.४२ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष २.४६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १.४७ प्रतिशतमा झरेको छ ।

 

वार्षिक प्रतिशेयर आम्दानी २२.३२ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८७.२१ रहेको छ ।

 

यसैगरी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६२.२७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३९ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

 

गत वर्ष बैंकको सञ्चालन नाफा भने ६१.५४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष २ अर्ब १ करोडभन्दाबढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ३ अर्ब २५ करोडभन्दा बढी यो नाफा गरेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ५९ करोडभन्दा बढी रहेको छ ।

 

गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार पुर्याएको छ । रिटेन्ड अर्निग २ अर्ब ९१ करोडभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम ५ अर्ब ७६ करोडभन्दा बढी छ ।

 

बैंकले गत वर्ष ९३ अर्ब ७२ करोड १९ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने ७९ अर्ब १७ करोड ३९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

 

अघिल्लो वर्ष ०.९६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष ०.५९ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी २४.०७ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १९२ रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...