YouTube Link

फुटबल संघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, कर्माछिरिङ र पंकजसँगै राजिव चुनावी मैदानमा

Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षको कार्यकालका लागि सोमबार केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ ।

 

काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

 

फुटबल संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव पौडेल प्रतिस्पर्धामा छन् । मुख्य रुपमा शेर्पा र नेम्वाङबीच चर्को प्रतिस्पर्धा छ ।

 

एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् ।

 

१३ सदस्यीय खुल्ला केन्द्रिय सदस्यमा अनिल श्रेष्ठ, भरतबुढथापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, बिनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण यादव, रामराज गुरुङ, मणिराज विष्ट, टिका लामा छन् ।

 

दुई जना महिला सदस्यमा शेर्पा प्यानलबाट पेमा डोल्मा लामा र बिना क्षेष्ठ छन् ।

 

नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षमा बिराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी उम्मेदवार छन् । सदस्यमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिला लामा लिली, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रबिन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वर कुमार राउत छन् ।

 

महिला सदस्यमा बिन्द्रा देवान र सरिला श्रेष्ठ छन् ।

 

प्यानलमा नरहेका सुरेन्द्र सिखाकार, मिलन गुरुङ, कुमार कटवाल, मानदेव हजारा समेत सदस्य पदका प्रत्यासी छन् ।

 

अध्यक्षका प्रत्यासी राजिव पौडेलले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् ।

 

एन्फाको निर्वाचन प्रक्रियामा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लब सहभागी छन् । जम्मा ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका छन् ।

 

जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हाल्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...