YouTube Link

काठमाडौंमा हैजाका बिरामी फेला, टेकुमा उपचार हुँदै

Facebook Link

काठमाडौं: काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजाको जिबाणु पुष्टि भएको हो ।

झाडा पखाला भएर अस्पताल भर्ना भएका काठमाडौं महानगरपालिका-२८ बागबजारका १८ र २३ वर्षका दुई बिरामीको नमूना परीक्षणबाट हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरिको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हैजाका दुबै बिरामी एकै परिवारका सदस्य रहेको जानकारी प्राप्त भएको छ । उनीहरुको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।’

मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेको छ ।

‘गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखाना, हैजा तथा पानीजन्य रोहरु फैलिने हुँदा सतर्कता अपनाउन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता रोगहरुबाट सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र व्ययक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्याउनुका साथै खुल्ला रुपमा दिसापिसाव नगर्न र चर्पीको अनिवार्य प्रयोग गर्न तथा दिसा पिसाव गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन अनुरोध गर्दछौँ ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...