एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँढे
वि.सं.२०७८ फागुन १ आइतवार १८:४८
2K
shares
काठमाडौं: त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ र संकटाले बराबरी खेल्दै अंक बाँढेका छन् ।
दशरथ रंगशालामा आज भएको खेलमा एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँढेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको थियो ।
बराबरीसँगै एपीएफले १० खेल ११ अंक जोडेको छ ।
एपीएफ नवौं स्थानमा रहेको छ ।
संकटा १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
वि.सं.२०७८ फागुन १ आइतवार १८:४८



















