YouTube Link

चार देश सम्मिलित टि-20 सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित

Facebook Link

 

काठमाडौं: चार देश सम्मिलित टि-20 सिरिजको दोस्रो खेलमा नेपाल युनाइटेड अरव इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको छ ।

 

युएईसँग १९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनायो ।

 

नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५ चौकासहित सर्वाधिक ४१ रन बनाए ।

 

ओपनर आसिफ शेख २९ बलमा ४ चौका र १ छक्कासहित ३४ र डेब्यू खेल खेलेका लोकेश बम २१ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा क्याच आउट भए ।

 

नेपाललाई ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

 

ज्ञानेन्द्र मल्ल १९ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्याच भए ।

 

ज्ञानेन्द्र छैटौं ओभरको अन्तिम बलमा मुहम्मद वासिमबाट क्याच आउट हुन पुगे ।

 

लोकेश बमले व्यक्तिगत ६ रनमा जहुर खानले क्याच ड्रप गरेपछि जीवनदान पाएका थिए ।

 

युएईका रोहन मुस्तफाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । कासिफ दाउदले २ र जुनैद सिद्दिकले १ विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

 

युएईका ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको अविजित उत्कृष्ट इनिङ खेले ।

 

सुरीले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । दोस्रो विकेटका लागि सुरी र रोहन मुस्तफाले ९७ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

 

मुस्तफा आरिफ शेखको १४ औं ओभरको तेस्रो बलमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए ।

 

मुस्तफा ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रनमा शेख दाजुभाइको शिकार बन्न पुगे ।

 

ओपनर चिराग सुरी र मोहम्मद वासिमले पहिलो विकेटका लागि ३.३ ओभरमा २३ रन जोडेका थिए ।

 

मोहम्मद वासिम १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा क्याच भए ।

 

तेस्रो ओभरको तेस्रो बलमा स्पिनर साहब आलमलाई लगातार तेस्रो छक्का हान्ने धुनमा दीपेन्द्रसिंह ऐरीबाट लङअफमा क्याच हुन पुगेका थिए ।

 

मोहम्म बुटा ८ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे ।

 

बासिल हमिदलाई सन्दीप लामिछानेले १७ रनमा बोल्ड आउट गरे ।

 

नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए ।

 

आरिफ शेखले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

 

साहब आलमले २ ओभरमा ३५ रन खर्चेर १ विकेट लिन सफल रहे ।

 

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

 

नेपालले चार देश सम्मिलित टि-२० आई सिरिजमा अन्तिम खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...