‘ए’ डिभिजन लिग फुटबलमा च्यासलविरुद्ध मछिन्द्रको सहज जित
वि.सं.२०७८ माघ २९ शनिवार १५:२२
2.8K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले च्यासल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको छ ।
आज भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे ।
मछिन्द्रले लिगको १०औं खेलसम्म अपराजित रहन सफल भएको हो । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको १७औं मिनेटमा बिमल घर्तीमगरले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए ।
३५औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । उनले विमलको पासमा सुन्दर फिनिस गरेका थिए । जारी लिगमा सुनिलको यो छैटौं गोल हो ।
खेल केही वेर ढिला सुरु भएपनि रेफ्रीको निर्णयपछि खेल सुचारु गरिदा च्यासलले १० खेलाडीमा रहेर खेलको सुरुवात गरेको थियो । च्यासलले सुरुवाती पाँच मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो ।
जितसँगै मछिन्द्रको उपाधि होड थप मजवुत बनेको छ । जितसँगै अपराजित रहेको मछिन्द्रको १० खेलबाट २६ अंक पुगेको छ ।
मछिन्द्रसँगको हारसँगै च्यासललाई रेलिगेसनको थप दवाव बढेको छ ।
च्यासलको १० खेलबाट ५ अंक जोडेर पुछारमा छ ।
वि.सं.२०७८ माघ २९ शनिवार १५:२२



















