YouTube Link

एमसीसीबारे छलफल गर्न बसेको गठबन्धनका प्रमुख तीन शीर्ष नेताहरुबीचको छलफल निष्कर्ष विहीन

Facebook Link

 

काठमाडौं: एमसीसी परियोजना अघि बढाउने विषयमा शनिबार गठबन्धनका प्रमुख तीन शीर्ष नेताहरुबीचको छलफल निष्कर्ष विहीन सकिएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी परियोजनाकै विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बालुवाटारमा पुगेका थिए ।

 

प्रधानमन्त्रीसँगको छलफलमा कुनै ठोस कुराकानी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।

 

‘एमसीसी लगायतका विषयमा नै तीन नेताहरुबीच छलफल भएको हो,’ उनले भने, ‘छलफल निष्कर्षविहीन भयो । फेरि नेताहरुबीच छलफल हुने कुरा छ ।’

 

आजको बैठकमा पनि तीनवटै नेताहरुले आ-आफ्नो अडान कायमै राखेका थिए ।

 

स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को आउने बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव प्रचण्ड र नेपालसमक्ष थिए ।

 

तर, उक्त प्रस्ताव प्रचण्ड र नेपालले अस्वीकार गरेका छन् ।

 

एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनभित्र नै मतभेद देखिएको छ ।

 

प्रधानमन्त्री जसरी पनि एमसीसी सम्झौता अघि बढाउनुपर्ने पक्षमा देखिए पनि अन्य साझेदार दल भने सहमत भइसकेका छैनन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...