सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सातदोबाटो र जावलाखेलबीच प्रतिस्पर्धा हुने
वि.सं.२०७८ पुस १२ सोमवार ०८:२०
2K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आज एक मात्र खेल दिउँसो १ बजे सुरु हुनेछ ।
सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
जावलाखेललाई हराएमा सातदोबाटो चौंथो स्थानमा उक्लनेछ ।
जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
आज सातदोबाटोलाई हराएर जावलाखेल पनि अंक तालिका सुधार गर्न चाहान्छ ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।
वि.सं.२०७८ पुस १२ सोमवार ०८:२०



















