सेन्ट्रल जोन भलिबल अन्तर्गत नेपाली महिला टोलीले किर्गिस्तानसँग प्रतिष्पर्धा गर्दै
वि.सं.२०७८ पुस १२ सोमवार ०७:५१
2.1K
shares
काठमाडौं: बंगलादेशमा जारी सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला भलिबल टोलीले आज किर्गिस्तानसँग प्रतिष्पर्धा गर्दैछ ।
नेपाल र किर्गिस्तानबीचको खेल ११:१५ बजे सुरु हुनेछ ।
नेपाल आज लगातार पाँचौ जित निकाल्न चाहन्छ ।
नेपाल फाइनल समेत पुगिसकेको छ ।
आइतबार उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो ।
दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
वि.सं.२०७८ पुस १२ सोमवार ०७:५१



















