YouTube Link

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल शीर्ष स्थानमा उक्लियो

Facebook Link

काठमाडौं: आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

लगातार तेस्रो जितपछि ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएई समान अंक भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा उक्लेको हो ।

नेपालको लागि सीता राना मगरले ३०, कप्तान रुबिना क्षेत्रीले २० र कविता कुँवरले १० रन बनाए । सरिता मगरले अवपजित १५ रन जोडिन् ।

नेपालका ३ खेलाडी रनआउटको शिकार हुँदा मलेसियाका अईसा एलिसाले १ विकेट लिइन् ।

त्यसअघि नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

मलेसियाका लागि एल्सा हन्टरले अविजित रहँदै सर्वाधिक ३९ रन बनाइन् ।

नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

नेपालले अब युएईसँग खेल्न बाँकी छ ।

पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै पराजित गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...