कोपा अमेरिका फुटबल खेल्ने खेलाडीहरुमा कोभिड-१९को संक्रमण अत्याधिक
वि.सं.२०७८ जेठ ३० आइतवार १४:१५
2.3K
shares
एजेन्सीः कोपा अमेरिका २०२१ प्रतियोगिता खेल्ने भेनेजुएलाका खेलाडीहरुमा कोभिड–१९ पोजेटिभ भेटिएको छ ।
साथै तीन बोलिभियाका खेलाडीहरूमा पनि परीक्षण गर्द पोजेटिभ देखिएको छ ।
दक्षिण अमेरिकी फुटबल संघ, कोन्मेबोलका अनुसार भेनेजुएलाको प्रतिनिधिमण्डलका १२ सदस्यमा कोभिड–१९ पोजेटिभ देखिएको
बताएको छ ।
भेनेजुएलाको राष्ट्रिय फुटबल टोलीको आठ खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएकोे छ ।
चार प्रशिक्षकले ब्राजिल आइपुगे लगत्तै कोभिड परिक्षण गर्दा उनीहरुको परीक्षण रिर्पोट पोजेटिभ देर्खिको छ ।
ब्राजिलका स्वास्थ्य मन्त्री मार्सेलो कइइरोगाले एक प्रेस सम्मेलनमा बताइन् कि उनीहरू सबै होटेलमा अलग्गै रहेका छन् ।
सबैको स्वास्थ्य स्थिति राम्रो रहेको समेत बताईन ।
भेनेजुएलाले कोपा अमेरिकाको पहिलो खेल आयोजक ब्राजिल बिरुद्ध खेल्ने छन् ।
भेनेजुएलाको क्याप्टेन टमास रिन्कन पनि कोभिड पोजेटिभ देखिएको मध्उ एक हुन ।
बोलिभियाका तीन खेलाडी र टिमको टेक्निकल स्टाफका एक जनामा कोभिड–१९पोजेटिभ देखापरेको छ ।
महामारीको कारण देखाएर कुनै पनि खेल रद्द नहुने समेत बताएको छ ।
कोन्मेबोलले शुक्रवार कोभिड–१९ परिणाम वा संक्रमित व्यक्तिहरूसँगको सम्पर्कका कारण अस्वीकृत भएका खेलाडीहरूको लागि असीमित
विकल्पहरूको लागि टोलीलाई अनुमति दिन्छ भने ।
भेनेजुएलाले भने आपतकालिन नयाँ खेलाडी बदलावको रूपमा बोलाएको छ ।
तिब्र गतिमा फैलिएको महामारीको बावजुद प्रतियोगिता अगाडि बढ्ने निर्णयलाई लिएर प्रायोजक पुलआउट्सको सामना गरिरहेका
आयोजकहरूका टाउको दुखाइ भइरहेको छ ।
मूल रूपमा २०२० को लागि निर्धारित, कोपा अमेरिका, विश्वको सब भन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, महामारीको कारण १२
महिना ढिला भयो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ ३० आइतवार १४:१५


















