विश्वकप छनोटमा इक्वेडरमाथि ब्राजिलको सहज जित
वि.सं.२०७८ जेठ २२ शनिवार ०९:०५
1.6K
shares
एजेन्सी: फिफा विश्वकप छनोटमा ब्राजिलले इक्वेडरमाथि सहज जित निकालेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिललाई जित दिलाउन खेलको ६५ औं मिनेटमा रिचार्लिसन र त्यसपछि खेलको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० गोलको जित दिलाए ।
विश्वकप छनोटमा ब्राजिलको यो लगातार पाँचौं जित हो । जितसँगै ब्राजिलले ५ खेलमा १५ अंक जोडेको छ ।
ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ । इक्वेडर ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७८ जेठ २२ शनिवार ०९:०५




















