YouTube Link

एन्फाद्वारा देशभरबाट एकेडेमीका लागि ४२ जना यू–१३ उमेर समूहका खेलाडी छनोट

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडमीका लागि ४२ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको छ ।

 

एन्फाले आफ्नो आघिकारीक फेसबुक पेजमा पोष्ट गर्दै देशभरबाट एकेडेमीका लागि ४२ जना जुनियर खेलाडीहरु छनोट गरिएको जानकारी दिएको हो ।

 

एन्फाले १ सय ६६ खेलाडीबाट अन्तिममा ४२ खेलाडी छनोट गरेको हो । जसमा ९ जना खेलाडीलाई वैकल्पिकमा समेत राखेको छ ।

 

एन्फले एकेडेमीका लागि छनोट गरेका जुनियर खेलाडीहरु मध्ये प्रदेश–१ बाट २८, प्रदेश–२ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकीबाट ३१, लुम्बिनीबाट ३०, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट १२ जना रहेका छन् ।

 

छनोट भएका खेलाडीले त्यहाँ छात्रवृत्ति प्राप्त गर्नेछन् । अन्य सात खेलाडीले निश्चित शुल्क तिरेर एकेडेमीमा आबद्ध हुन पाउनेछन् ।

 

बाँकी ९ खेलाडीलाई रिजर्भमा राखिएको छ । एन्फाले एकेडेमीका लागि प्रशिक्षक उपलब्ध गराउनेछ ।

 

छात्रवृत्ति पाउने खेलाडी

 

तेन्जिङ शेर्पा (काठमाडौं), अफरोज अली (स्याङ्जा), लक्ष्मण थामी (दोलखा), अनुज श्रेष्ठ (सिन्धुली), प्रशान्त मोक्तान (सर्लाही), दीपक विक (बर्दिया), दिनेश डुम्जन (सर्लाही), भुपेश लामा (धनुषा), भुवन कामी (मकवानपुर), विवेक पासिमा थारु चौधरी (नवलपरासी), पर्वत मगर (दोलखा), किसन थापा (स्याङ्जा), मिजास श्रेष्ठ (कास्की), दमरा विक (सर्लाही), अनुभव पुरी (सिन्धुली), निश्चल थामी (दोलखा), उत्सव थापा (झापा), दतिन राई (इटहरी), दिप्सन परियार (गोलरक्षक–पर्वत) सुशिल बर्मासानी (गोलरक्षक–धनुषा) र विवश विक (गोलरक्षक–स्याङ्जा)

 

आंशिक छात्रवृत्ति

 

मौसम रोकाया (कञ्चनपुर), राम थामी (दोलखा), उज्वल राई (झापा), युग काफ्ले (सुनसरी), गुरलभ श्रेष्ठ (बर्दिया), कुनवाल विवास (मोरङ), सन्दीप शर्मा (सुर्खेत), मिजास केसी (कास्की), दक्ष लामा (धनुषा), अभिन बस्याल (चितवन), जोलिन राई (सुनसरी), विनोद गिरी (कास्की), रोहित गोले (सर्लाही), सफल पाण्डे (नवलपरासी), रोहित श्रेष्ठ (काठमाडौं), टान्चो हाङ लिम्वु (ताप्लेजुङ), दिपेश गुरुङ (लमजुङ), नसिव योन्जन (सर्लाही), निशान्त रानामगर (गोलरक्षक–महोत्तरी), रिजेन सलाजु (गोलरक्षक–भक्तपुर) र सागर चन्द (गोलरक्षक–कैलाली)

 

रिजर्भ खेलाडी

 

प्रयन्त थापा (काठमाडौं), समर्पण सुनुवार (चितवन), सिमोन मगर (मकवानपुर), निश्चल मगर (कास्की), निश्चल नेपाली (नवलपरासी), शिव थिङ (सर्लाही), ईश्वर कार्की (गोलरक्षक–झापा), रादुल लिम्वु (गोलरक्षक–मोरङ) र राम बोहरा (गोलरक्षक–कैलाली)

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...