नेपाली राष्ट्रिय फुटबल टोलीले आज एसियाली फुटबलको महारथी इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै
वि.सं.२०७८ जेठ १५ शनिवार १४:०३
1.8K
shares
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक आज एसियाली फुटबलको महारथी इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
नेपाल र इराकबीचको खेल नेपाली समया अनुसार राती १०:१५ बजेबाट शुरु हुनेछ ।
२०२२ मा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनौट खेलको तयारी स्वरुप खेल्न लागेको इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत बुधबार नै इराक पुगिसकेका छन् ।
राष्ट्रिय टिमका २३ खेलाडी र १२ अफिसियलसहित ३५ जना नेपाली टोली हाल इराकमा छन् ।
नवनियुक्त मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेपछि नेपाली राष्ट्रिय टोलीको स्तर र शैली बदल्ने सोच लिएर नेतृत्व लिएका मुख्य प्रशिक्षकको पहिलो परीक्षा पनि आजैको खेलबाट हुनेछ ।
यसअघि राष्ट्रिय टिमको खेलाडी छनौटमै ठूलो परिवर्तन गरेका प्रशिक्षक अलमुताइरीलाई आजको खेल क्षमता देखाउने अवसर समेत रहेको छ ।
यस्तैमा मुख्य प्रशिक्षक अलमुताइरीले भने इराकबिरुद्धको खेलमा जित वा हारभन्दा पनि मुल्यांकनको निम्ति महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाली टोलीको इराकसँगको आजको भेट चौंथो हुनेछ । यसअघि नेपालले इराकसँग तीन खेल खेलेकोमा तीनै खेलमा इराक विजयी बन्दा नेपाल तीन खेलमै हार ब्यहोर्न बाध्य बनेको थियो ।
नेपालले जुन ३ तारिखमा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
च्याम्पियन्स लिग फाइनल आज दुई इंग्लिस क्लबबीच उपाधिको लागि भिडन्त हुने
वि.सं.२०७८ जेठ १५ शनिवार १४:०३



















