बोरुसिया डर्टमण्ड जर्मन कपको सेमिफाइनलमा
वि.सं.२०७७ फागुन १९ बुधवार ०८:५०
2.4K
shares
एजेन्सी: बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा बोरुसिया मन्छेनग्लाडबाखलाई १-० गोल अन्तरले पराजित गर्दै डर्टमण्ड अन्तिम चारमा पुगेको हो ।
डर्टमण्डको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए ।
खेलको इन्जुरी समयमा महमुद दाहुदले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
वि.सं.२०७७ फागुन १९ बुधवार ०८:५०


















