YouTube Link

भोजपुर मेयरकप ब्याडमिन्टन आजबाट सुरु हुँदै

Facebook Link

भोजपुरः भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।

प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तर्राष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल सोमबार नै भोजपुर आईपुगेका छन् ।

आज हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका जिल्लाबाट खेलाडीहरुका साथै भोजपुरका खेलाडी रत्नजित तामाङ्ग, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर आईपुगेका छन् ।

राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठको नेतृत्वामा राष्ट्रिय च्याम्पियन बिवेक श्रेष्ठ, नविन श्रेष्ठ राष्ट्रिय खेलाडीहरु सहित उर्जासिल युवाहरु सम्मिलित निर्वाचित जिल्ला संघले पहिलो पटक जिल्लामा यति ठुलो प्रतियोगिता आयोजना गर्न गईरहेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै सरादेवी तामाङ्ग, बिकास श्रेष्ठ, नङ्गशल तामाङ्ग, विवेक श्रेष्ठ, रत्नजित तामाङ्ग, नविन श्रेष्ठ जस्ता राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको भोजपुरमा ठुला प्रतियोगिताहरु नभईरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरुले खेलाडी उत्पादनमा निकैनै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले बताए ।

करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शिर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गल्र्स तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यु-१३ का खेलाडीहरुलाई प्रोत्साहन स्वरुप शिर्ष तीनका खेलाडीहरुले नगद ५ हजार, ३ हजार र १५ सय सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा बिदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरुको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...