म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
वि.सं.२०७७ माघ २८ बुधवार ०८:४१
एजेन्सीः वेस्ट ह्याम युनाईटेडलाई अतिरिक्त समयमा १-० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनले निर्णायक गोल गरे ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
खेलको ९७ औं मिनेटमा म्याकटोमिनले गोल गर्दै युनाईटेडलाई जित दिलाए ।
मार्कस राषफोर्डले उपलब्ध गराएको पासमा म्याकटोमिनले निर्णायक गोल गरेका हुन् ।
युनाईटेड लगातार सातौं वर्ष एफए कपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
एफए कप अन्तर्गत नै बर्नेमाउथले बर्नलीलाई २-० ले हराएर एफए कपको अन्तिम आठमा स्थान पक्का गरेको छ ।
वि.सं.२०७७ माघ २८ बुधवार ०८:४१