Texas College
YouTube Link

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

Facebook Link

एजेन्सी: क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा २–१ को ले पराजित गरेको छ ।

युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो ।

जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको छ ।

मिलानोमा मंगलबार राति भएको खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।

खेलको नवौं मिनेटमा लोउटारो मार्टिनेजको गोलमा इन्टरले अग्रता लिएको थियो ।

उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए ।

२६औं मिनेटमा रोनाल्डोको पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए ।

एस्ले योङले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो ।

३५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए ।

मिलान स्क्रिनिएरको ब्याक पासमा गोलरक्षक समिर हान्डानोभिक र एलेसान्द्रो बास्टोनीबीच तालमेल नमिल्दा रोनाल्डोले फार पोस्टमा सहजै गोल गरेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%87%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

वि.सं.२०८२ फागुन ८ शुक्रवार ११:४८

कसैले कल्पनासम्म गरेका थिएनन्, भदौ २३ र २४ गतेको जेन-जी...

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:१९

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।...

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

वि.सं.२०८२ माघ २९ बिहीवार ११:११

काठमाडौं: भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा नेपालले आफ्नो दोस्रो...