लय गुमाएको बार्सिलोना स्पेनिस ला लिगामा दोस्रो स्थानमा
वि.सं.२०७७ माघ १९ सोमवार ०८:५७
2K
shares
एजेन्सी : स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।
बार्सिलोनाको जितमा लियोनल मेसी र एन्टोनी ग्रिजम्यानले एक–एक गोल गरे ।
घरलु मैदानमा भएको खेलमा २०औं मिनेटमा मेसीको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो ।
बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले ४९औँ मिनेटमा एथ्लेटिको बिल्बाओलाई एक आत्मघाती गोल उपहार दिए ।
७४औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।
त्यसपछि कुनै टोलीको गोल नहुँदा बार्सिलोना २–१ को जित निकाल्न सफल भएको छ ।
जितपछि २० खेलबाट ४० अंक बनाउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिन सफल भएको हो ।
साविक विजेता रियल मड्रिडको पनि २० खेलबाट ४० अंक नै छ । गोल अन्तरमा पछि परेको रियल तेस्रो स्थानमा छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ १९ सोमवार ०८:५७


















