आज देशभर नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले प्रदर्शन गर्दै

वि.सं.२०७७ माघ १९ सोमवार ०८:३१
969
shares
काठमाडौं: नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दैछन् ।
पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले आज १३ संगठनले संयुक्त विरोध प्रर्दशनका लागि ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको कांग्रेसले जनाएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसका भ्रातृ संगठनले प्रदर्शन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेका छन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘त्यो `माघ १९ यो `माघ १९´। त्यो कालो प्रतिगमन भएको दिन, यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन । रंग प्रतिगमनको जुन भएपनि ढंग उही । अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उहीँ । आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौँ ।
जय नेपाल !’

वि.सं.२०७७ माघ १९ सोमवार ०८:३१