पोचेटिनोको प्रशिक्षणमा पीएसजीको पहिलो हार
वि.सं.२०७७ माघ १९ सोमवार ०९:२८
1.6K
shares
एजेन्सीः माउरिसियो पोचेट्टिनोको प्रशिक्षणमा पेरिस सेन्ट जर्मेन पीएसजीको पहिलो हार भएको छ ।
साविक विजेता पीएसजी गएराति लोरियन्टसँग ३–२ ले पराजित भएको हो।
लाउरेन्ट अबरगलले गरेको गोलमा घरेलु टिम लोरियन्टले ३६औं मिनेटमा अग्रता लिएको थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा नेइमारले पेनाल्टीमा बराबरी गोल फर्काए ।
५८औं मिनेटमा नेइमारले पेनाल्टीमा अर्को गोल थपेपछि पाहुना टोली पीएसजी अग्रता लिन सफल भएको थियो ।
अन्तिम दश मिनेट सम्हालिन नसक्दा पीएसजी अंक गुमाउन बाध्य भयो।
योआने विसाले ८०औं मिनेटमा बराबरी गोल फर्काए ।
इन्जुरी समयमा टेरेम मोफीले गरेको गोल लोरियन्टको जितमा निर्णायक बन्यो ।
हारपछि पीएसजी तेस्रो स्थानमा झरेको छ।
पीएसजीको २२ खेलबाट ४५ अंक छ।
जुन शीर्ष स्थानको लिलीभन्दा तीन अंकले पछाडि हो।
लिलीले गएराति नै डिजोनमाथि १–० को विजय हासिल गरेको थियो।
४६ अंक जोडेको लियोन दोस्रो स्थानमा छ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ १९ सोमवार ०९:२८




















