टुच्चेल चेल्सीका नयाँ प्रशिक्षक नियुक्त
वि.सं.२०७७ माघ १४ बुधवार ११:२३
1.4K
shares
एजेन्सीः प्रिमियर लिग क्लब ले आफ्नो मुख्य प्रशिक्षमा थोमास टुच्चेल नियुक्त गरेको छ ।
चेल्सीले उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
प्रिमियर लिगमा खराव अवस्थामा रहेको चेल्सीले सोमबार मात्र मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो ।
चेल्सी हाल प्रिमियर लिगको १० औं स्थानमा छ ।
पछिल्लो समय कमजोर अवस्थामा रहेको चेल्सीलाई राम्रो अवस्थामा ल्याउन आफूले राम्रो भूमिका खेल्ने टुच्चेलले बताएका छन् ।
“चेल्सी जस्तो क्लबमा मैले प्रशिक्षकको जिम्मेवारी पाउनु राम्रो कुरा हो ।
अब क्लबलाई राम्रो अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछु,” टुच्चेलले चेल्सीको अफिसियल साइटमा भने ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ १४ बुधवार ११:२३




















