YouTube Link

मेसीले गरे ग्वार्डिओला र लुइस एनरिकको प्रशंसा

Facebook Link

काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीले आफ्नो दुई पूर्व प्रशिक्षकहरुको प्रशंसा गरेका छन् ।

जोर्डी एभोलसंगको अन्तर्वार्ताका क्रममा उनले यसअघि संगै काम गरेका दुई प्रशिक्षकहरुको पेप ग्वार्डिओला र लुइस एनरिकको प्रशंसा गरेका हुन् ।

उक्त अन्तर्वार्ता लासेक्टामा आज प्रशारण हुँदैछ । मेसीले आफूलाई खेलाडीको रुपमा सुधार गराउन यी दुई प्रशिक्षकले सहयोग गरेको र सिकेको बताए ।

पेपसंग केही विशेष कुरा छ । उनले तपाईंलाई एक तरिकाले कुराहरु सिकाउँछन् ।

उनले खेलमा कसरी तयारी गर्ने, कसरी डिफेन्स गर्ने कसरी अट्याक गर्ने भनेर भन्छन्, उनले भने ।

ग्वार्डिओला र लुइस एनरिके मातहतमा प्रशिक्षण गर्न पाउँदा म भाग्यमानी रहेँ । उनीहरु हुँदा मलाई शारीरिक र मानसिक रुपमा विकास गर्न सहयोग गर्यो ।

उनीहरुले मलाई रणनीतिका बारेमा पनि सिकाए’ मेसीले अगाडि भने ।

ग्वार्डिओलाले सन् २००८र०९ देखि २०११र१२ को सिजनसम्म मेसीलाई प्रशिक्षण गराए । त्यस अवधीमा बार्सिलोनाले १४ ट्रफी जितेको थियो ।

व्यक्तिगत रुपमा मेसीले त्यो समयमा ३ बालोन डे ओर अवार्ड, दुई युरोपियन गोल्डेन बुट र दुई पिचीची अवार्ड जिते ।

यस्तै एनरिकले पेपभन्दा एक सिजन कम मेसीसंग बिताए । २०१४/१५ देखि २०१६र१७ सम्म बार्सिलोनमामा रहँदा एनरिकले ९ उपाधि जिते ।

व्यक्तिगत रुपमा मेसीले एक बालोन डे ओर, एक युरोपियन गोल्डेन बुट र एक पिचीची अवार्ड जिते ।

३३ वर्षीय मेसीले बार्सिलोनामा बिताएका पछिल्ला केही महिनाको बारेमा पनि खुलेर बताएका छन् ।

मेसीले गत समरमा आफूले क्लब छाड्न चाहेको भन्दै क्लबलाई जानकारी गराएका थिए ।

तर उनी अहिले आफ्नो सम्झौताको अन्तिम ६ महिना बार्सिलोनामा केन्द्रित गरिरहेका छन् ।

‘म अहिले ठीक छु । यो सत्य हो कि समरमा मेरो समयम खराब थियो’ मेसीले अन्तर्वार्तामा भनेका छन् ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%ab%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%95%e0%a5%80-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%95%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...